Madhes Khabar
शिक्षा समाज हेडलाइन

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

मधेसखबर
वीरगंज , फाल्गुन १३ गते : वीरगन्जमा कलेजका विधार्थीहरुद्वारा दुई दिने रात्रीकालिन खाना तथा सांस्कृतिक मेला सुरु भएको छ । वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजन तथा वीरगन्ज कलेजको आयोजनामा शुक्रबारदेखी मेला सुरु भएको हो ।

मेलामा करीब २५ वटा विभिन्न खाना तथा खाजाका परिकारको स्टल रहेको वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।

कलेजका विद्यार्थीलाई अध्ययनसंगसंगै सिप पनि सिक्दै जाऔं र कमाउदै जाऔं अर्थात सिप सिकेर व्यवहारमा लागु गर्दै आर्थिक आम्दानीको पाटो जागिर , नोकरी मात्र नभई व्यवसाय तर्फ पनि उत्तिकै चासो राखौँ भन्ने अवधारणाका साथ व्यापार व्यावसाय गर्ने र कमाउने तरिकाको साथै स्थानीय मौलिक खानाको प्रबर्द्धन गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गरीएको डाक्टर चौधरीले बताए ।
मेलामा कलेजका विद्यार्थीहरु स्वय् आफैले खानाका परिकार बनाउने र विक्री गर्ने र परिकार विक्री गरेर आउने आम्दानी पनि स्वय् विधार्थीहरुले नै राख्ने बताईएको छ ।

छोरा वा छोरी सबैले खाना पकाउने देखी व्यवसायसम्म बराबर छन् , कोही कोही भन्दा कम छैनन् तथा सबैले सबै काम गर्न सक्नुपर्छ भन्ने पाठ सिकाउने तथा विधार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले पनि यस मेलाको आयोजना गरीएको आयोजकले जनाएको छ ।

शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उद्धघाटन गरेका थिए । मेला आज र भोली राति १० बजेसम्म लाग्ने आयोजकले जनाएको छ ।

Related posts

वीरगन्जमा आयोजित ह्विल चेयर दौड प्रतियोगितामा सन्तोष महतो प्रथम

MadhesKhabar

वीरगन्जमा ओबीसी महासंघको कार्यक्रममा ५३ जनाद्वारा रगतदान

MadhesKhabar

ऐतिहासिक जितसहित नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट

MadhesKhabar

Leave a Comment