Madhes Khabar
समाचार

पर्सा,बारासहित मधेसका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

काठमाडौं,१०बैशाख : पर्सा,बारा सहित तराई–मधेसका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार महाशाखाले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो १४ गते शुक्रबारसम्म तातो हाला चल्ने जानकारी गराएको हो ।

तराई मधेसमा बितेको एक हप्तादेखि गर्मी बढिरहेको छ भने दुई दिन अघिदेखि तातो हावापनि चलिरहेको छ । तातो हावा तराई मधेससँगै पहाडी भूभागका उपत्यका र खोँचहरूमा समेत बढ्ने महाशाखाले जनाएको छ ।

तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता आउने लगायतका समस्या हुन सक्छन् । तातो हावाको असरबाट बच्न बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न, हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।साभार : उज्यालो

Related posts

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा वीरगन्जका पत्रकारहरुसंग अन्तरकृया

MadhesKhabar

बाराको दशगजा क्षेत्रबाट तस्करीको औषधी प्रहरीद्धारा बरामद

MadhesKhabar

प्रहरीको चेतावनी : कहि पनि बच्चा चोरी भएको छैन , भ्रम फैलाउनेलाइ कारबाही हुन्छ

MadhesKhabar

Leave a Comment