Madhes Khabar
समाचार

पर्साकाे मलाही टाेलमा प्रहरीद्वारा हवाई फायर गरी गाँजासहित ३ जना पक्राउ

फाइल तस्बिर ।

प्रमाेद यादव
पर्सा,५असाेज:पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बाट प्रहरीले २ राउन्ड हवाई फायर गर्दै लागुूओैषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

आइतबार राति करिब १० बजे पटेर्वासुगौली गाउँपालिका–१ स्थित मलाही टोलमा अवैध गाँजाको कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोली पुगेपछि गाँजा कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २ राउन्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। उनीहरूका साथबाट प्रहरीले करिब ३३ किलो गाँजा बरामद गरेको मल्लले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी लागूऔषध कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Related posts

वीरगन्जसहितका क्यासिनोमा कडा निगरानी राख्न र नेपालीको प्रवेश राेक्न सरकारकाे निर्देशन

MadhesKhabar

पर्साकाे कल्याणपुरबाट तीन थान गाेलिया काठसहित एक जना पक्राउ

MadhesKhabar

पत्रकार सर्राफको निधन भएको शोकमा हिन्दु स्वंयसेवक संघद्धारा श्रद्धान्जलीसभा

MadhesKhabar

Leave a Comment