Madhes Khabar
समाचार

वीरगन्जसहितका क्यासिनोमा कडा निगरानी राख्न र नेपालीको प्रवेश राेक्न सरकारकाे निर्देशन

वीरगन्ज,३१वैशाख:सरकारले पर्साकाे वीरगन्जसहित विभिन्न जिल्लामा सञ्चालनमा रहेका क्यासिनाेमा नेपाली नागरिककाे प्रवेश राेक्न कडा निर्देशन दिएकाे छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतकाे पर्यटन विभागले पर्सा,बारा,भक्तपुर,काठमाडौं,झापा,माेरङ,कास्की,रुपन्देही,कपिलवस्तु,कैलाली,बाँके र कन्चनपुरका प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई पत्रचार गर्दै क्यासिनोमा कडा निगरानी राख्दै नेपालीको प्रवेश राेक्न निर्देशन दिएकाे हाे।

 

नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई खेल खेलाएको गुनासो बढ्न थालेपछि पर्यटन विभागले यस्ताे निर्देशन दिएकाे हाे।पर्यटन विभागले क्यासिनोहरूको सूक्ष्म निगरानी तथा स्थलगत अनुगमन गर्न पनि निर्देशन दिएको छ।पर्यटन विभागले प्रचलित कानुनविपरीत नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउन नदिन विशेष सतर्कता अपनाउन पनि निर्देशन दिइएको जनाएको छ ।

गत शनिबार राति वीरगन्जकै विभिन्न क्यासिनोमा प्रहरीले छापामारी गरी ६ जनालाई नियन्त्रणमा लिएको थियो।यस्तैगत मंगलबार प्रतिनिधिसभा बैठकमा बारा–४ का सांसद रहबर अंसारीले पनि नेपालीहरू निर्वाध रूपमा क्यासिनो प्रवेश गरिरहेको विषय उठाएका थिए।

 

पर्यटन विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षरित निर्देशनात्मक पत्रमा पर्यटन ऐन, २०३५ तथा क्यासिनो नियमावली, २०८२ अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको छ। साथै, क्यासिनो सञ्चालकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा नियमावली, २०८१ लगायतका कानुनको पूर्ण पालना गर्नुपर्ने व्यवस्था रहेको विभागले उल्लेख छ।

 

पर्यटन विभागले क्यासिनोमा कानुनविपरीत नेपालीको अवैध प्रवेश वा अन्य गतिविधि भेटिएमा तत्काल कानुनी कारबाही गरी विभागलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।

Related posts

संघीय निजामती विधेयक असार महिनाभित्रै आउँछ : मन्त्री गुप्ता

MadhesKhabar

महोत्तरीको पत्रकारितामा नयाँ इतिहास

MadhesKhabar

पर्साको बञ्जारीबाट चरेससहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

Leave a Comment