Madhes Khabar
समाचार

गाेरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका पूर्वमहाप्रबन्धक उपाध्याय वीरगन्जमा मृत भेटिए

वीरगन्ज,१८भदाैं: गोरखापत्र दैनिक पत्रिका पूर्वमहाप्रबन्धक एंव पत्रकार बसन्तप्रकाश उपाध्यायको निधन भएको छ।

वीरगन्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा उनी बुधबार दिउँसो अचेत अवस्थामा भेटिएका थिए।

तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खबर पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

`अचेत अवस्थामै उहाँलाई अस्पताल पुर्‍याएका थियौँ,´ मल्लले भने, “चिकित्सकले उपाध्यायको निधन भइसकेको जानकारी गराए।”

उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको र उनका परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

Related posts

चाउचाउको कार्टुनमा लुकाएर लागू औषधको तस्करी गर्ने दुई युवक सर्लाहीमा पक्राउ

MadhesKhabar

ठाकुररामको मतगणना विवादबारे उच्च अदालतको आदेश, १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन

MadhesKhabar

सरकारसँग ४ बुँदे सहमतिपछि अध्यक्ष यादवले ताेडे आमरण अनशन स्थगित

MadhesKhabar

Leave a Comment