Madhes Khabar
समाचार

ठाकुररामको मतगणना विवादबारे उच्च अदालतको आदेश, १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन

वीरगन्ज,१३चैत:उच्च अदालत जनकपुरकाे अस्थायी इजलास वीरगन्जले ठाकुरराम बहुमुखी क्याम्पसको सभापति चयन सम्बन्धी विवादमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद जोशीको इजलासले विपक्षी ठाकुरराम बहुमुखी क्याम्पसलाइ लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो।

अदालतले विपक्षी पक्षले आवश्यक प्रमाणसहित लिखित जवाफ पेश नगरे कानूनी प्रक्रिया अनुरूप निर्णय गरिने चेतावनीसमेत दिएको छ।

निवेदक अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार पवन यादवले प्रतिवाद परमादेश माग गर्दै अदालतमा निवेदन दर्ता गराएका थिए।

अदालतले दुवै पक्षलाई सुनुवाइका लागि उपस्थित हुन आदेश दिएको छ।

यो मुद्दाको अर्को सुनुवाइ २०७९/१२/१४ गते तोकिएको छ।

Related posts

झुम्सा आयोजना छिट्टै सकेर बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जको शंकराचार्य गेटबाट लागूऔषधसहित दुई युवक पक्राउ

MadhesKhabar

वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन वटा सबस्टेसन निर्माण अन्तिम चरणमा 

MadhesKhabar

Leave a Comment