Madhes Khabar
समाचार

वीरगन्जको शंकराचार्य गेटबाट लागूऔषधसहित दुई युवक पक्राउ

वीरगन्ज,२२फाल्गुनःप्रहरीले वीरगन्जबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३२ बर्षिय गणेश घिमिरे र मकवानपुरकै बकैया गाँउपालिका वडा नम्बर ५ का २५ बर्षिय विकास भ्लोन रहेका छन् ।

वीरगन्जको इनर्वा नाकास्थित शंकराचार्य गेट नजिकै प्रहरीले चेकजाँच गर्ने क्रममा घिमिरेको साथबाट नेपालमा प्रतिबन्धित नुरफिन २० एम्पुल, फेनरागन २० एम्पुल र डाइजेपाम २० एम्पुल तथा भ्लोनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागूऔषध सम्बन्धि मुद्धामा थप अनुसन्धान भइरहेको थापाले बताए ।

Related posts

भ्रम र अफवाहबाट बच्न एमाले नेता यादवको आग्रह, बेल्वामा कार्यकर्ता भेला

MadhesKhabar

पर्सामा कूल उम्मेदवार ३३३७ , वीरगन्जको मेयरमा ३० जना

MadhesKhabar

स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा मंसिर १५ मा गर्ने समाजवादी प्रेस संगठनको निर्णय

MadhesKhabar

Leave a Comment