Madhes Khabar
समाचार

सरकारसँग ४ बुँदे सहमतिपछि अध्यक्ष यादवले ताेडे आमरण अनशन स्थगित

काठमाडौँ,२६साउन: सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय र हिन्दु हितको संरक्षण लगायतका माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन ताेडेका छन्। मंगलबार सरकारसँग ४ बुँदे लिखित सहमति भएपछि उनले अनशन ताेडेका हुन्।

 

​अध्यक्ष यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा १३ दिनदेखि निरन्तर आमरण अनशनमा बसेका थिए। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका विरुद्ध न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको माग गर्दै उनले ६ बुँदे माग अघि सारेका थिए।

 

​राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पुर्वेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अध्यक्ष श्री यादवज्यूले राख्नुभएका मागहरूका सन्दर्भमा सरकारले विभिन्न चारबुँदे लिखित सहमति गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थितिमा तत्कालका लागि आमरण अनशन स्थगित गरिएको छ।”

​उक्त दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुरूप यथाशीघ्र कार्य हुनेमा विश्वास व्यक्त गरेको छ। साथै, हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने प्रतिबद्धता दलले जनाएको छ।

Related posts

पर्सामा ठूलो परिमाणमा लागु औषध सहित १७ वर्षिय किशोर पक्राउ

MadhesKhabar

१२ किलाे चाँदीसहित कलैयाका युवक काठमाडौंमा पक्राउ

MadhesKhabar

पाथीभारा मन्दिर जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगो लाग्दा जलेर ४ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment