Madhes Khabar
समाचार

१२ किलाे चाँदीसहित कलैयाका युवक काठमाडौंमा पक्राउ

काठमाडौं,१३जेठ:काठमाडौंमा १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-४ का ३२ वर्षीय अनिषकुमार सिंह रहेका छन्।

काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित प्रहरी चेकप्वाईन्टमा सिंह १२ किलो १७६ ग्राम चाँदीसहित सोमबार राति पक्राउ परेका हुन्।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा.प्र ०१-००३ ख ३७०१ नंबरको बसलाई प्रहरीले राेकेर चेकजाँच गर्दा बसका सहचालक सिंहले बसमा लुकाएर राखेकाे चाँदीकाे सिक्री, चन्द्रमा, पाउजुलगायतका सामान बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

Related posts

भारतमा पर्साका पत्रकार गुप्तासहित मधेसका ५ पत्रकार सम्मानित

MadhesKhabar

प्रहरीको चेतावनी : कहि पनि बच्चा चोरी भएको छैन , भ्रम फैलाउनेलाइ कारबाही हुन्छ

MadhesKhabar

पर्सा प्रहरीद्वारा १ वर्षमा १ हजार ५११ फरार अपराधि पक्राउ, ३ करोड ५५ लाख जरिवाना असुल

MadhesKhabar

Leave a Comment