Madhes Khabar
समाचार

१२ किलाे चाँदीसहित कलैयाका युवक काठमाडौंमा पक्राउ

काठमाडौं,१३जेठ:काठमाडौंमा १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-४ का ३२ वर्षीय अनिषकुमार सिंह रहेका छन्।

काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित प्रहरी चेकप्वाईन्टमा सिंह १२ किलो १७६ ग्राम चाँदीसहित सोमबार राति पक्राउ परेका हुन्।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा.प्र ०१-००३ ख ३७०१ नंबरको बसलाई प्रहरीले राेकेर चेकजाँच गर्दा बसका सहचालक सिंहले बसमा लुकाएर राखेकाे चाँदीकाे सिक्री, चन्द्रमा, पाउजुलगायतका सामान बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

Related posts

वीरगन्जका पत्रकाहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

MadhesKhabar

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका दुई जना बडिगार्ड बन्दूक र गोलीसहित पक्राउ

MadhesKhabar

खानेपानी मन्त्री प्रदीप यादवकाे कार्यकक्षमा आगलागी,दुई जना पक्राउ (तस्बिरहरू)

MadhesKhabar

Leave a Comment