वीरगन्ज,११असार:पर्साकाे ठाेरी गाउँपालिका वडा नम्बर ४ मा सशस्त्र प्रहरीले कर्डन एण्ड सर्च अप्रेशन सञ्चालन गरेर ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद गरेकाे छ।
सशस्त्र प्रहरीको कर्डन एण्ड सर्च अप्रेशन अन्तर्गत बिहीबार सीमा सुरक्षा गुल्म हेड क्वाटर भीखमपुर र सुवर्णपुरबाट खटिएको ५४ जना सशस्त्र प्रहरीको टाेलीले ठाेरी-४ मिलचाेकस्थित गम्भीर श्रेष्ठकाे घरमा छापा मारेकाे थियाे।त्यसक्रममा श्रेष्ठको घरभित्र लुकाएर राखिएको अवस्थामा ११ वटा बाेरामा रहेकने १५८ केजी गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक माेहनराज निराैलाले जानकारी दिए।
गाँजा बरामद भएको घरका धनी फरार रहेकाे र उनकी पत्नि अस्मिता तामाङ श्रेष्ठलाई खाेजेकाे समयमा प्रहरीको कार्यालयाा उपस्थित हुने शर्तम ठाेरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको जिम्मा जमानी छाेडिएकाे निराैलाले जानकारी दिए।
बरामद गाँजा नेपाल प्रहरीकाे कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक निराैलाले बताए ।

