Madhes Khabar
स्थानिय हेडलाइन

घण्टाघरमा साैन्दर्यकरणका लागि जडान गरिएको बत्ती फेरि तोडफोड

वीरगन्ज,१४माघ:वीरगन्ज महानगरपालिकाले साैन्दर्यकरणका लागि घण्टाघरमा जडान गरेको आकर्षक बत्ती फेरि तोडफोड गरिएको छ ।

घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन लगाइएको बत्ती शनिबार राति फेरि तोडफोड गर्नुका साथै विद्युत प्रवाहका लागि लगाइएको तार काटेर बिगारेको अवस्थामा भेटिएको हो ।यसअघि पनि घण्टाघरमा लगाइएको बत्ति तोडफोड भएको थियो।

महानगरपालिकाले घण्टाघरको सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत घण्टाघरको रंगरोगन गर्नुका साथै बिजुली बत्तीको आकर्षक साजसज्जा गरेको थियो । सौन्दर्यीकरण गरिएपछि रातको समयमा बत्तिको साजसज्जाले घण्टाघर परिसर आकर्षक देखिने गरेको छ ।

सौन्दर्यीकरणपछि घण्टाघरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्ने तथा भिडियो बनाउनेहरूको बाक्लो उपस्थिति घण्टाघरवरिपरि लाग्ने गरेको छ ।
महानगरले घण्टाघर सहित शंकराचार्यद्वार, पशुपति मन्दिर लगायत सडकका पोलमा समेत आकर्षक वत्तीको साजसज्जा गरेको छ ।

शनिबार राति घण्टाघरकाे बत्ती ताेडफाेड गरिएको घटनामा संलग्न रहेकाे आराेपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएकाे छ।उनिहरुलाई वडा प्रहरी कार्यालय विर्ताकाे हिरासतमा राखेर अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक पुष्कर बाेगटीले जानकारी दिए।

वीरगन्जलाई सफा सुन्दर बनाउन महानगर लागिरहेका बेला केही विकास विरोधी तत्वले त्यसलाई विगार्न लागि परेको वीरगन्जवासीले महसुस गरेका छन् ।

महानगरका मेयर राजेशमान सिंहले सौन्दर्यकरण गरिएका संरचना तोडफोड र चोरी हुनु निन्दनीय रहेको बताए ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हो” उनले भने, “घण्टाघर उज्यालो र आकर्षक बनाउन जडान गरिएको बत्ति तोडफोड र चोरी हुनु दुःखद हो ।”

Related posts

वीरगन्जका सुनचाँदी पसलहरु बन्द गरेर व्यवसायीहरुले चाबी सिडिओलाई बुझाए

MadhesKhabar

वीरगन्ज आउदै गरेको बस अमलेखगन्जमा दुर्घटना हुदा १० भन्दा बढिको मृत्यु

MadhesKhabar

रवि लमिछानेविरुद्धको मुद्दा ५ महिनाको अनुसन्धानपछि पर्सा प्रहरीले सरकारी वकिलकोमा पठायो

MadhesKhabar

Leave a Comment