Madhes Khabar
कृषि हेडलाइन

गढीमाई मेलामा कनेक्ट किसानले ‘कृषी एक्स्पो’ आयोजना गर्ने

सिमरा,१२मंसिर:कृषीलाई आधुनिक र प्रविधिमैत्री बनाउने उदेश्य लिएर स्थापित कनेक्ट किसान नामक संस्थाले पञ्चवर्षीय गढीमाई मेलामा कृषी एक्स्पो आयोजना गर्ने भएको छ । संस्थाले बुधबार कलैयामा पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर १८ गतेदेखि २४ गतेसम्म ‘कृषी एक्स्पो गढीमाई २०८१’ आयोजना गर्ने जानकारी गराएको हो ।

लाखौंको संख्यामा दर्शनार्थीको उपस्थिती रहने गढीमाई मेलाको सदुपयोग गर्न र कृषीमा निर्भर किसानलाई आधुनिक कृषीतर्फ उन्मुख गराउनका लागि एक्स्पो आयोजना गर्न लागिएको एक्स्पोकी संयोजक सञ्चिता लामिछानेले जानकारी दिईन् । एक्स्पोमा कृषीसंग सम्बन्धित प्रदर्शनी गरिनेछ ।

तराईको उर्वर भूमिमा खेतीकिसानी गर्दै आएका किसानलाई कृषी क्षेत्रको विषयमा समग्र जानकारी गराउने उदेश्य एक्स्पोले लिएको लामिछानेले बताईन् । दुई लाख भन्दा किसानले एक्स्पोको अवलोकन गर्ने र १५ करोडको कारोबार हुने अपेक्षा आफूहरुले गरेको लामिछानेको भनाई छ ।

करिब दुई बिगाह क्षेत्रमा आयोजना हुने एक्स्पोमा एक सय ५० भन्दा बढी कृषी स्टलहरु रहनेछन् । मेला समितिले एक्स्पोका लागि उक्त जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

एक्स्पोमा आउने अवलोकनकर्ताले कृषी क्षेत्रमा भित्रिएको आधुनिक प्रविधिसहित पशुपंक्षीपालन, माछापालन, गाईभैंसीपालन, खेतीबाली, कषी औजार तथा उपकरण, सिँचाइ, माटोलगायतका विषयमा विज्ञसंग परामर्श लिन सक्नेछन् । एक्स्पोलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि उद्यम केन्द्रलगायतका कृषीसंग सम्बन्धित संघसंस्थाले सहयोग गरेको लामिछानेले बताईन् ।

मेलामा लगाइएको उक्त एक्स्पोले नेपाललाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्नेमा आशावादी रहेको बताउँदै लामिछानेले उत्पादनलाई बजारीकरण गर्नलाई समेत सहयोग पुग्ने बताईन् ।साभार:इशीलालेख

Related posts

नागरिकता विधेयक असार भित्रै संसदबाट पास हुन्छ : वन मन्त्री यादव

MadhesKhabar

वीरगन्ज आउदै गरेको बस अमलेखगन्जमा दुर्घटना हुदा १० भन्दा बढिको मृत्यु

MadhesKhabar

उपेन्द्र यादवबाट आजित पर्साका युवा नेता सोनीले पनि छाडे जसपा नेपाल

MadhesKhabar

Leave a Comment