Madhes Khabar
समाचार हेडलाइन

चुनाव जितेपछि निरन्तर जनताको घरदैलोमा पुगेर समस्या र गुनासा सुन्दै रास्वपा सांसद कानु

वीरगन्ज,२६चैतः पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) सुशील कुमार कानुले क्षेत्रका जनताको घरदैलोमा पुगेर त्यहाँका समस्या सुन्ने कार्यलाई निरन्तरता दिएका छन् ।

फागुन २१ को निर्वाचनबाट पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित कानु, काठमाडौंमा सदन चलेका बेला बाहेक गृहनगरमा आएका बेला निरन्तर रुपमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडामै पुगेर त्यहाँका नागरिकसंग भेटघाट गर्दै स्थानीयका समस्या र गुनासा सुन्दै आएका छन् ।

यसैक्रममा बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ र २७ मा पुगेर सांसद कानुले दुवै वडाका जनतासंग भेटघाट गर्दै त्यहाँका समस्या र गुनासा सुनेका छन् । त्यसक्रममा वडा नम्बर २६ मा वर्षाको पानीको निकास नहुदाँ डुबानबाट सर्यौ बिघा खेतीयोग्य जग्गा डुुबानमा पर्दै आएको बारेमा स्थानीय पिडित किसानहरुले सांसद कानुको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सांसद कानुले डुबानको समस्या समाधाानका लागि आँफुले स्थानीय सरकारसंग समन्वय गर्ने र डुबानको समस्या सधैका लागि सम्बोधन गरिने आश्वासन दिए ।

त्यसपछि वडा नम्बर २७ मा पुगेका सांसद कानुले स्थानीय जनतासंग भेटघाट गरेका थिए । त्यसक्रममा स्थानीयले वडामा विद्यालय र स्वास्थ्य चौकीको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । साथै वडामा नियमित विद्युत आपुर्तिमा समस्या रहको र विद्युतीय पोलकोपनि ठाँउ ठाँउमा अभाव रहेकाले यसबारेमा पनि पहल गरिदिन सांसद कानुसंग आग्रह गरेका थिए । जवाफमा कानुले वडामा विद्यमान शिक्षा , स्वास्थ्य र विद्युत आपुर्ति सम्बन्धि समस्या समाधानका लागि सम्बन्धित निकायमा आँफुले पहल गर्ने वाचा गरे ।

जनतासंगको भेटघाटका क्रममा सांसद कानुसंगै रास्वपाका क्षेत्रीय सभापति फैयाज आलम, युवा नेता सुधिर पटेल, निखिल वर्णवाल लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

वीरगन्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी प्रधानमन्त्रीबाट सम्मानित

MadhesKhabar

वीरगन्जमा जनमत पार्टीले मधेस विरोधी भन्दै जलायो बजेट

MadhesKhabar

मेयर सिंह भन्छन् : घण्टाघरमा सधैका लागि झिलिमिली बत्ती जडान गर्ने काम हुदैछ

MadhesKhabar

Leave a Comment