Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

७ महिनामै वीरगन्ज भन्सार नाका हुदैं भित्रियो करिब १५ अर्बको खाद्यान्न

वीरगन्ज,१०फाल्गुनःमुलुकको प्रमुख भन्सार नाका वीरगन्जको आईसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ७ महिनामा ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाटै ७ महिनामा ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यसैगरी फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको भित्रिएको छ भने चामलको कनिका २ अर्ब ५६ करोड ६१ लाख ८५ हजार मूल्य बराबरको भित्रिएको छ ।

सात महिनामा भित्रिएका खाद्यान्नबाट वीरगन्ज भन्सारले ८६ करोड १६ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए।

गत वर्ष वीरगन्ज भन्सार नाकाबाट त्यहि अवधिमा १४ अर्ब २ करोड ७ लाख ६९ हजार मूल्य बराबरको धान, चाम, मकै, फापर कोदो तथा कनिका लगायतका खाद्यान्न भित्रिएको र त्यसबापत ८२ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताए ।

Related posts

माइस्थान सौन्दर्यकरणको काम तत्काल पूरा गर्न मेयर सिंहकाे निर्देशन

MadhesKhabar

वीरगन्जमा हिन्दुवादीहरुले जलाए कान्तिपुर पत्रिका

MadhesKhabar

पर्साका खोलाहरुमा ठेक्का लगाउन पालिकाहरुले चासो नदिदाँ अवैध उत्खनन् जारी

MadhesKhabar

Leave a Comment