Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा २ मा काँग्रेसका चौरसियाको अग्रता बढ्दै

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर २ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले अग्रता बढाउदै लगेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, २८१९ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार चौरसियाले १३१५ मत प्राप्त गरेका छन् । जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले ९६५ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा चौरसिया ३५० मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेदवार नरेश साह कानुले २२९ मत पाएका छन् ।

पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा आइतबार भएको निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

Related posts

पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र

MadhesKhabar

नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा गरिँदै

MadhesKhabar

धान ,चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन वीरगन्जका उद्योगीहरुको माग

MadhesKhabar

Leave a Comment