Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाबाट नेपालमा उत्पादित मालसामानको निर्यात २ सय प्रतिशतले बढ्यो

वीरगन्ज,९साउनःवीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ ।गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो ।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुदैं १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बरबारको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज नाका हुदैं भारत तथा तेस्रो मुलुकमा ३१ अर्ब १४ करोड २२ रुपैयाँ मूल्य बराबरका नेपाली मालसामान निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुदैं अघिल्लो आर्थिक वर्षको भन्दा २ सय २७ प्रतिशत अर्थात ७० अर्ब ७९ करोड रुपैयाँ बढी मूल्यको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुदै सबै भन्दा बढी ६१ अर्ब ४५ करोड रुपैयाँ मूल्यको २९ करोड १४ लाख ९१ हजार लिटर भटमासको प्रशोधित तेल विदेश निर्यात भएको छ । त्यस्तै ९ अर्ब २६ करोड रुपैयाँ मूल्यको ४ करोड १५ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । यसैगरि ७ अर्ब ६९ करोड रुपैयाँ बरबारको ८ करोड १ लाख ३४ हजार लिटर फलफूलको जुस, ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यस्तै २ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ सेन्थेटिक यार्न, २ अर्ब ७९ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न कपडापनि विदेश निर्यात भएको छ ।

यसैगरि २ अर्ब २० करोड ५४ लाख रुपैयाँ बराबरको ४ करोड ७९ लाख केजी पशु आहारको कच्चा पदार्थ तथा १ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको ६ लाख ७९ हजार केजी कुकुर र बिरालोले खाने खानापनि निर्यात भएको छ ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट नेपालमा उत्पादित मालसामानको निर्यात सबै भन्दा बढी भारतमा भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानले बताए ।उनका अनुसार, कूल निर्यातको ९४ दशमलव ८५ प्रतिशत मालसामान भारतमा निर्यात भएको हो ।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुदैं नेपालबाट १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बरबारको सामान निर्यात भएकोमा त्यसमध्ये ९६ अर्ब ५९ करोड रुपैयाँको सामान भारतमात्रै निर्यात भएको लामिछानले बताए । यस्तै अमेरिकामा २ दशालव ४४९ प्रतिशत अर्थात २ अर्ब ५३ करोड रुपैयाँको सामान नेपालबाट निर्यात भएको उनले जानकारी दिए ।

यसैगरि अफगानिस्तानमा ७१ करोड ७६ लाख,क्यानाडामा २६ करोड ११ लाख,जर्मनीमा २२ करोड ३७ लाख,अष्ट्रेलियामा २० करोड ७५ लाख र साउदी अरेबियामा २० करोड ४४ लाख रुपैया बरबारको नेपाली सामान निर्यात भएको लामिछानेले बताए ।

 

 

Related posts

हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको संख्या बढ्दै, थप ७ मा हैजा पुष्टी, शंकास्पद २ को मृत्यु

MadhesKhabar

पर्सामा काँग्रेसको चुनावी गतिविधी तिब्र , विभिन्न चुनावी समिति गठन

MadhesKhabar

बारामा१२ वर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा एक युवक पक्राउ 

MadhesKhabar

Leave a Comment