Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गढीमाईमा विशेष पूजाका लागि ५ सय रुपैयाँ शुल्क

वीरगन्ज,२८असाेज:विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेलामा गढीमाई मन्दिरमा विशेष पूजाका लागि प्रति व्याक्ति पाँच सय रुपैयाँ शुल्क ताेकिएकाे छ।

बाराकाे महागढीमाई नगरपालिकाकाे बरियापुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षिय मेला गत असाेज १७ गते घटस्थापनका दिनदेखि विधिवत रुपमा सुरु भईसकेकाे छ ।पशुबली भने आगामी मंसिरमा परेकाे छ।

गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले साेमबार पत्रकार सम्मेलन गरेर महागढीमाई मन्दिरमा विशेष पूजाका लागि प्रति व्याक्ती पाँच सय रुपैया शुल्क ताेकिएकाे जानकारी गराए।मन्दिर सञ्चालन तथा विकास समित, मेला सञ्चालन तथा व्यवस्थापन समिति र मन्दिरका पूजारीसमेतकाे बैठक नै बसेर याे निर्णय गरिएको उनले प्रस्ट्याए।

विशेष पूजाका लागि ताेकिएकाे शुल्क बारे केही व्याक्तिहरुले सामाजिक सञ्जालमा गढीमाई माता प्रतिकाे आस्थाप्रति नै मानमर्दन हुने गरि भ्रम फैलाएकाे भन्दै उनले त्यसकाे घाेर भत्सर्ना गरे ।

गढीमाई मन्दिरमा माताकाे मुर्ति छुने गरि पूजापाठ गर्न राेक लगाइएको भन्दै उनले भने,`जाे भक्त माताकाे मुर्तिकाे समीप गएर पूजापाठ अर्थात विशेष पूजा गर्न इच्छुक हुनुहुन्छ उहाँहरुलाई मात्रै याे पाँच सय रुपैयाँको शुल्क ताेकिएकाे हाे। अन्य सर्वसाधारण भक्तजनका लागि कुनै शुल्क लगाइएको छैन।´

गढीमाई मेलामा माताकाे दर्शन र पूजापाठलाई व्यवस्थित बनाउनका लागिपनि समितिले विशेष पूजा गर्नेहरुका लागि शुल्क लगाउने निर्णय गरेकाे उनले बताए ।देश विदेशका अन्य कैयन मन्दिरहरुमापनि विशेष पूजापाठका लागि शुल्क ताेकिएकाे उदाहरण दिदैं अध्यक्ष यादवले भने,`माताप्रति आस्था र विश्वास राख्नेहरुले स्वेच्छाले याे शुल्क तिर्नुहुन्छ।यसलाई अतिरन्जित बनाउनु आवश्यक छैन।´

शुल्क ताेकिएकाे विषयलाई अतिरन्जित बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने व्याक्तिहरु विरुद्ध आँफुहरु कानुनी कारबाहीकाे प्रकृयामा जाने चेतावनीसमेत उनले दिए।

 

Related posts

वीरगन्जको भवानीपुरमा नवनिर्मित बर्थिङ सेन्टरमा २४ सै घण्टा प्रसूती सेवा सञ्चालन

MadhesKhabar

पर्सा २ मा काँग्रेसका चौरसियाको शुरुवाती अग्रता

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

Leave a Comment