Madhes Khabar
राजनीति हेडलाइन

आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा देशकै ऐतिहासिक जिल्ला हाे : देउवा

वीरगन्ज,०९असाेज:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश हाँक्ने जिम्मेवारी फेरि कांग्रेसकाे काँधमा आए आँफुले सफलतापूर्वक निर्वाह गर्ने बताएका छन्।
बुधबार वीरगन्जमा नवनिर्मित कांग्रेस पर्साकाे पार्टी कार्यलय भवनकाे समुद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विगतमापनि उक्त जिम्मेवारी सफलतापूर्वक निभाएकाे र आउने दिनमापनि त्याे अवसर कांग्रेस र आफ्नाे काँधमा आए सफलतापूर्वक निभाउने बताए ।
सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेकाे बताए ।पर्सा जिल्ला देशकै महत्त्वपूर्ण जिल्ला भएकाे भन्दै उनले राणा र पञ्चायत विरुद्ध कांग्रेसले गरेकाे सशस्त्र संघर्ष पर्साकाे वीरगन्जबाटै सुरु भएको स्मरण गर्दै उनले भने,`देशकाे अर्थतन्त्र धान्नेमापनि पर्साकै अहम याेगदान छ।विगतमा राणा र पञ्चायत विरुद्धको कांग्रेसले गरेकाे सशस्त्र संघर्षकाे बिगुलपनि पर्साकै वीरगन्जबाटै फुकिएकाे थियाे।´
 पर्सामा कांग्रेसका महान सपुतद्वय स्वं   आत्माराम ओझा र दुखा सहनीकाे नाममा पार्टी कार्यालय भवन निर्माण गरेकाेमा पर्साकाे कांग्रेस नेतृत्वलाई उनले धन्यवादपनि दिए।
नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर,केन्द्रीय सदस्य तथा कानुनमन्त्री अजय चाैरसिया,केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल,केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना,अनिल रुंगटा,उमेशजंग रायमाझी लगायतकाेपनि सहभागीता थियाे ।

Related posts

महाधिवेशनकाे तयारीका लागि पर्सामा जसपाकाे बैठक सम्पन्न

MadhesKhabar

चौरसिया र पटेललाई आशीर्वाद दिदै मतदाताले भने : जितेर लोकप्रिय काम गर्नु होला

MadhesKhabar

मधेसका मसिहा भन्ने उपेन्द्र यादव ठग हुन् : केपी ओली

MadhesKhabar

Leave a Comment