Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गढीमाई मेलामा पशुबलीका लागि मार हान्ने हतियार प्रदर्शन गर्न नपाइने :बाराका सिडिओ अधिकारी

वीरगन्ज,७मंसिरःविश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा पशुबलीका लागि मार हान्ने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न नपाइने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै गढीमाई मेलामा पशुबलीका लागि मार हान्ने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न रोक लगाइएको जनाएको हो ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियापुरस्थित गढीमाई मन्दिरमा यहि मंसिर १ गतेदेखि सुरु भइसकेको पञ्चवर्षिय गढीमाई मेलामा मंसिर २३ गते राँगा र मंसिर २४ गते बोका बली चढ्नेछ । मंसिर २३ गते गढीमाई मेलामा करिब ११ हजार बढी राँगाको बली चढ्ने अनुमान गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले गरेको छ ।

गढीमाई मेलामा कुनै पनि व्यक्ति÷मारकले बलीका लागि मार हान्न प्रयोग हुने हतियारहरू तरबार, खुँडा, खुकुरी, चक्कु जस्ता हतियारलाई खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न नपाइने जिल्ला प्रशासन कार्यालय बाराको सूचनामा उल्लेख छ ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जारी गरेको उक्त सूचनाको स्थानीय प्रशासनको उक्त सूचनाको अवज्ञा गरेको पाइएमा सम्बन्धित व्याक्तिबाट हतियार जफत गरी उनिहरु विरुद्ध नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीपनि दिइएको छ ।

 

Related posts

स्वास्थ्य मन्त्रालयले वीरगन्जको नारायणी अस्पतालमा ३१८ जनशक्ति थप्दै

MadhesKhabar

वीरगन्जलाई ‘हरित शहर’ बनाउने अभियान निरन्तर : हालसम्म १५ हजार बढी विरुवा रोपियो

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तारबारे सर्वोच्चले छिट्टै निकास देओस् : सांसद प्रभु हजरा

MadhesKhabar

Leave a Comment