Madhes Khabar
साहित्य हेडलाइन

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

वीरगन्ज,२२ चैतः वीरगन्जमा शुक्रबारदेखि ‘मधेस साहित्य महोत्सव’ सुरु भएको छ ।देशकै प्रमुख आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा पहिलो पटक ‘मधेस साहित्य महोत्सव’ आयोजना गरिएको हो ।उत्कर्ष नेपालको आयोजनामा दुई दिनसम्म चल्ने ‘मधेस साहित्य महोत्सव’मा विभिन्न भाषा भाषीका साहित्यकार,कवि,सर्जक,लेखक,कलाकार,चित्रकार, विश्लेषकहरुको जमघट भएको छ ।

‘मधेस साहित्य महोत्सव’ मा पहिलो दिन शुक्रबार वीरगन्जका स्थानीय कलाकारहरुले लोक वाद्य ‘खुद्रुक’ को धुन बजार सुभारम्भ गरेका थिए । त्यसपछि ‘माटी,मन र मस्तिष्क’ विषयमा राजनीतिक विश्लेषक सिके लालले आफ्नो प्रस्तुती दिए भने ‘माटोको सुगन्ध ः जीवनको रंग’ विषयक प्यानल छलफलमा कृषि विज्ञ कृष्ण प्रसाद पौडेल,कृषि अगुवा लक्ष्मण थारु र सुदर्शन चौधरीले आ–आफनो अनुभव साझा गरेका थिए । जसको सहजीकरण सकुन्तला जोेशीलेृ गरेकी थिइन् ।

त्यसपछिको सेसनमा नेपाल–अङ्ग्रेबीचको युद्धमा मधेसको भूमीकाका बारेमा चर्चा गरिएको थियो । जसमा लेखक एंव पत्रकार मोहन मैनाली, विश्लेषक सन्जय साह मित्र र राजेश चौधरीले नेपाल–अङ्ग्रेजबीचको युद्धमा मधेस र मधेसीले खेलेको भूमीकाको बारेमा आ–आफ्नो आँफुहरुले प्राप्त गरेका ऐतिहासिक दस्ताबेज र जानकारी सुनाएका थिए ।

यस्तै ‘स्थानीय सरकार,उद्यम र शिक्षा ’ विषयक प्यानल छलफलमा डा. शिला मिश्र ,प्रिती देव र रमेश ज्ञवालीले मधेसमा शिक्षा,उद्योग व्यपारको वर्तमान स्थितीका बारेमा तथ्यांकसहितको चर्चा गरे ।प्यानल छलफलका बीचबीचमा स्थानीय सजर्कहरुले कविता,लेख र रचनाहरु वाचन गरेका थिए ।शुक्रबार साँझ गमकल काव्य मञ्जरीका साथै सांस्कृतिक साँझपनि आयोजना गरियो ।

मधेस विश्वविद्यालयको प्राङ्गणमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा स्थानीयले उत्पादन गरेका हस्तकलाका सामग्री , मधेसका रैथाने खानाका परिकार र चित्रकारहरुले कोरेका चित्रहरुको स्टलपनि राखिएको छ ।

‘मधेस साहित्य महोत्सव’ को दोस्रो दिन शनिबारपनि मधेसको भाषा,कला संस्कृति,साहित्यसंग जोडिएका विभिन्न विषयमा प्यानल छलफलका साथै साँझ सांगीतिक साँझ कार्यक्रम गरेर महोत्सवको समापन गरिने आयोजक उत्कर्ष नेपालका अध्यक्ष रितु राजले जानकारी दिए ।

दुई दिने महोत्सवमा तराई–मधेसका २२ वटै जिल्लाका साथै देशभरमा ख्याति कमाएका साहित्यकार,सर्जक र लेखकहरुको जमघट हुने उनले बताए ।

मधेसको सामाजिक,सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवद्र्धन गर्ने उदेश्यले वीरगन्जमा पहिलो पटक ‘मधेस साहित्य महोत्सव’ आयोजना गरिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बताए ।

आर्थिक र व्यापरिक तथा राजनीतिक आन्दोलनको केन्द्रका रुपमा चिनिएको ऐतिहासिक भूमी वीरगन्जमा अब साहित्य र संस्कृतिको प्रवद्र्धन गर्दै नवीन विचारहरुको आदान प्रदान तथा नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले ‘मधेस साहित्य महोत्सव’ आयोजना गरिएको उनले बताए ।

वीरगन्जमा पहिलो पटक आयोजन गरिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा,साहित्य,कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको उत्कर्ष नेपालकी सचिव अञ्जु महतोले बताइन् ।

 

Related posts

वीरगन्जमा बलिदानी दिवस :मधेसी शहिदका शालिकमा फुल चढाएर श्रद्धाञ्जली अर्पण

MadhesKhabar

एमाले सरकारले नै मधेसमा विकासको लहर ल्याएको हो : अध्यक्ष ओली

MadhesKhabar

पर्सामा पनि बाघको संख्या दोब्बर भन्दा बढिले वृद्धि

MadhesKhabar

Leave a Comment