Madhes Khabar
स्थानिय हेडलाइन

गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा खोज्न वीरगन्ज महानगर सफल

मधेसखबर
वीरगन्ज, २४ चैत : वीरगंज महानगरपालिकाले गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा सिमांकन गरेर किलाखुटी गाडेको छ ।

वीरगन्ज महानगरका विभिन्न वडा र महानगरसंगै सिमा जोडिएको पर्सागढी नगरपालिका वडा नम्बर ४ मा गरि गुठी संस्थानको नाममा ११३ बिघा भन्दा बढि जग्गा छ । ती जग्गामा विभिन्न व्याक्तिले अतिक्रमण गरि भोगचलन गर्दै आएका छन् ।

गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगन्ज महानगरपालिकाले गत बुधबारदेखि प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम थालेको हो ।शुक्रबार सम्म अतिक्रमित गुठि संस्थानको ३६ बिघा भन्दा बढि जग्गा महानगरपालिकाको टोलीले सिमांकन गरेर किलाखुटी गाडेको हो ।

शुक्रबार मात्रै पनि १५ विघाभन्दा बढी जग्गा छुट्याएर किलाखुटी गाडिएको गुठी संस्थान कार्यालय पर्साले जनाएको छ ।
महानगरले गुठी संस्थानको जग्गा खोज्ने अभियान अन्तर्गत शुक्रबार तेस्रो दिन १५ बिघा ४ कट्ठा १० धुर जग्गा सीमांकन गरेर किलाखुटी गाडेको गुठी संस्थान कार्यालय पर्साका प्रमुख चुडामणि घिमिरेले बताए ।महानगरसँगै जोडिएको पर्सागढी नगरपालिका–४ को भेडाहा टोल र सबैया टांडीमा शुक्रबार उक्त जग्गा नापजाँच गरेर सीमांकन गरिएको घिमिरेले बताए ।

बुधबारदेखि सुरु भएको अभियानको तेस्रो दिनसम्ममा ३६ विघा १० कट्ठा १० धुर जग्गा छुट्याएर किलाखुटी गाड्न सफल भएको उनले जानकारी दिए ।शुक्रबार सीमांकन गरि किलाखुटी गाडिएको जग्गामा करिब ६० घरपरिवारले पक्कि तथा फुसको टहरा बनाएर बसोबास गरिरहेका छन् ।यसअघि महानगरको टोलीले पर्सागढी नगरपालिका ४ भेडाहा टोलमै ९ बिघा १३ कट्ठा र बुधबार ११ बिघा १३ कट्ठा जग्गा सीमांकन गरेर किलाखुटी गाडेको थियो ।

महानगरले अतिक्रमित जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा खटाउने गरेको छ । गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगन्ज महानगरपालिकाले बुधबारदेखि प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।

वीरगन्ज महानगरपालिकाले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइरहेका बेला गुठी संस्थानले पनि आफ्नो जग्गा खोजी गरिदिन आग्रह गरेपछि महानगरले वीरगन्ज र यस आसपास रहेका गुठी संस्थानका अतिक्रमति जग्गा खोजी गरी सीमांकन गर्न सहयोग गरिरहेको मेयर राजेशमान सिंहले बताए ।

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसहित महानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको छ ।

 

Related posts

मधेसकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

MadhesKhabar

गढिमाई मेलाको कृषि प्रदर्शनीमा १ लाख बढीले गरे अवलोकन, १० करोडको कारोबार

MadhesKhabar

मन्त्री यादवलाई भेटेर मेयर सिंहले वीरगन्जमा विद्यमान पानीकाे समस्या समाधानका लागि गरे आग्रह

MadhesKhabar

Leave a Comment