
वीरगन्ज,९पुस:सरकारले पर्साकाे पाेखरियामा मालपाेत र नापी कार्यालयकाे सेवा विस्तार गर्ने भएको छ।मंगलबार बसेकाे संघीय सरकारकाे मन्त्रीपरिषद बैठकले पाेखरियामा मालपाेत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेकाे खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए।
मन्त्री यादवका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओेलीकाे निर्देशन बमोजिम भूमी व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयकाे प्रस्तावमा मंगलबार बसेकाे मन्त्रीपरिषद बैठकले पाेखरियामा मालपाेत तथा नापी कार्यालयकाे क्षेत्रीय स्थापना गर्ने निर्णय गरेकाे हाे।
पर्सा जिल्लामा जनसंख्याको चाप,सेवाकाे अवस्था ,दूरी र समय एंव लागतसमेतलाई विश्लेषण गर्दा सेवा प्रवाहलाई छिटोछरितो र नागरिकमैत्री बनाई समयमै सेवा उपलब्ध गराउने उदेश्यका साथ सरकारले पर्साकाे पाेखरिया नगरपालिकामा तत्कालका लागि मालपाेत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेकाे मन्त्री यादवले जानकारी दिए।

