वीरगन्ज ,१६माघ : प्रहरी थुनामा रहेकालाई छुटाइ दिन्छु भन्दै रकम लिएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।
प्रहरीले पक्राउ गरि हिरासतमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी रकम असुल गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।
आइतबार वीरगन्ज स्थित यातायात कार्यालयबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
श्रेष्ठ विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

