Madhes Khabar
समाचार

वीरगन्जबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर जाँदै गरेका दुई युवक अमलेखगञ्जमा पक्राउ

बारा,१६बैशाखःबाराको अमलेखगञ्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको वीरगन्ज–१६ का २६ वर्षीय सिद्धान्त पटेल र भारतको माोतिहारी जिल्लाको मलाहीका २३ वर्षिय नितिश कुमार ठाकुर रहेका छन् ।

उनिहरुको साथबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल २९ हजार ६५० पिस बरामद भएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।मंगलबार दिउँसो वीरगन्जबाट हेटौडाँतर्फ जाँदै गरेको बीआर ०५ बीए ४८१७ नम्बरको कार अमलेखञ्जस्थित प्रहरी चेकपोष्ट अगाडि प्रहरी बरिष्ठ नायब निरीक्षक कार्की नेतृत्वको टोलीले रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल २९ हजार ६५० पिस बरामद भएको बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

कारबाट लागु औषध बरामद भएपछि कारसहित कारका चालक भारतीय नागरिक नितिश र कारामा सवार वीरगन्जका सिद्धान्तलाई प्रहरीले नियन्त्रणमा लिएको पण्डितले बताए । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Related posts

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

MadhesKhabar

बारा बस दुर्घटना अपडेट : बाराकी थप १ बालिकाको मृत्यु , मृतकको संख्या १७ पुग्यो

MadhesKhabar

पत्रकार साहमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न प्रेस युनियन पर्साको माग

MadhesKhabar

Leave a Comment