Madhes Khabar
समाचार

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज,१२मंसिरःवीरगन्जको भन्सार क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् ।

सीमापारी रक्सौलबाट वीरगन्ज आँदै गरेका साहले हाँकेको मधेस प्रदेश ०३ –०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ति चोकस्थित सडकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखेको नेपाली १ हजार दरका नोट ७ सय थान र ५ सय दरको नोट ६ सय थान गरी कूल १० लाख रुपैयाँ भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

साहको साथबाट बरामद उक्त रकमको स्रोत खुल्न नसकेपछि नगद रकम र मोटरसाइकलसहित साहलाई प्रहरीले नियन्त्रणमा लिएको बस्नेतले बताए । बरामद रकम अवैध कारोबार हुण्डीको भएको उनले बताए ।हुण्डीको रकमसहित पक्राउ गरिएका साहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए ।

 

Related posts

५ दिनदेखि हराइ रहेका ठोरीका लोप्चन मृत अवस्थामा भेटिए

MadhesKhabar

मकवानपुरमा ट्रक दुर्घटना हुदाँ वीरगन्जका एक युवकको मृत्यु

MadhesKhabar

अदालतले सफाई दिएसंगै जेलबाट छुटे अफताब आलम

MadhesKhabar

Leave a Comment