Madhes Khabar
समाचार

मकवानपुरमा ट्रक दुर्घटना हुदाँ वीरगन्जका एक युवकको मृत्यु

वीरगन्ज,११चैतः हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ स्थित घट्टेपाखामा बुधबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ३३ वर्षीय ट्रक चालक कृष्ण गम्भीर घाइते भएका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८७६० नम्बरको मालबाहक ट्रक बिहान करिब ३ बजे दुर्घटना भएको हो ।

Related posts

काठमाडौंबाट भैरहवा उडेको जहाज जनकपुरमा आकस्मिक अवतरण

MadhesKhabar

वीरगन्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी प्रधानमन्त्रीबाट सम्मानित

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाहले भने:कश्मीरमा हिन्दूवादी माथिको आक्रमण निन्दनीय

MadhesKhabar

Leave a Comment