Madhes Khabar
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले भने:कश्मीरमा हिन्दूवादी माथिको आक्रमण निन्दनीय

फाइल तस्बिर ।

काठमाडौं,१३बैशाख : पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्बु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शाहले शनिबार समवेदना सन्देश जारी गरेर घटनामा परी ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

 

उनले भारत सरकारप्रति गहिरो सहानुभूति पनि व्यक्त गरेका छन्। पूर्वराजा शाहले हिन्दू समुदायलाई नै मर्माहत पार्न भएको घटनाको जति निन्दा गरे पनि थोरै हुने बताउँदै त्यस्तो घटनाको विश्वव्यापी भर्त्सना र निन्दा गरिनुपर्ने बताए।

समवेदना सन्देशमा भनिएको छ,‘बसुधैव कुटुम्बकमको आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीको दिव्य मानवीय मान्यता हो। त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं। सम्पूर्ण विश्व क्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ। त्यस्तो घटनाको विश्वव्यापी भर्त्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्छ भन्ने हाम्रो धारणा छ।’ साभार:अन्नपूर्णपाेष्ट

Related posts

वीरगन्ज महानगरको न्यायिक समितिमा न्यायधिश अर्यालले गरे निरिक्षण

MadhesKhabar

पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

MadhesKhabar

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

Leave a Comment