Madhes Khabar
समाचार

वीरगन्ज महानगरको न्यायिक समितिमा न्यायधिश अर्यालले गरे निरिक्षण

मधेसखबर
वीरगन्ज,१७असार : पर्सा जिल्ला अदालतका न्यायधिश विष्णु प्रसाद अर्यालले वीरगन्ज महानगरपालिकाको न्यायिक समितिका काम कारवाही बारे शुक्रबार स्थलगत निरिक्षण गरेका छन् ।

शुक्रबार महानगरपालिकाका उपमेयर एंव न्यायिक समितिका संयोजक इम्तियाज आलमकै कार्यकक्षमा पुगेर जिल्ला न्यायधिश अर्यालले स्थलगत निरिक्षण गरेका हुन् ।

निरिक्षणका क्रममा उनले न्यायिक समितिमा दर्ता भएका उजुरीहरु र उजुरी माथी समितिले गरेको न्याय सम्पादन प्रकृया बारे संयोजक आलमसंग जानकारी लिए । जिल्ला न्यायधिश अर्यालले समितिमा पर्ने उजुरीहरुको न्याय सम्पादन गर्दा ध्यान दिनु पर्ने कुराहरु बारे सुझाव पनि दिए ।

त्यस अवसरमा पर्सा जिल्ला अदालतका शाखा अधिकृत सुर्य बहादुर राणा ,नायब सुब्बा दिपक पौडेल, वीरगन्नज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर , न्यायिक समिति सचीवालय उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापा लगयतको पनि उपस्थिति रहेको उपमेयरका प्रेस सल्लाहकार महम्मद सदाबले जानकारी दिए ।

Related posts

लागूऔषध तस्करीमा किशोरको प्रयोग बढ्दो

MadhesKhabar

पर्सागढी नगरपालिका वडा ६ र ७ मा अजय चौरसियाको घरदैलो अभियान

MadhesKhabar

वीरगन्जकाे घडिअर्वामा एक पुरुष मृत अवस्थामा फेला

MadhesKhabar

Leave a Comment