Madhes Khabar
समाचार

वीरगन्ज महानगरको न्यायिक समितिमा न्यायधिश अर्यालले गरे निरिक्षण

मधेसखबर
वीरगन्ज,१७असार : पर्सा जिल्ला अदालतका न्यायधिश विष्णु प्रसाद अर्यालले वीरगन्ज महानगरपालिकाको न्यायिक समितिका काम कारवाही बारे शुक्रबार स्थलगत निरिक्षण गरेका छन् ।

शुक्रबार महानगरपालिकाका उपमेयर एंव न्यायिक समितिका संयोजक इम्तियाज आलमकै कार्यकक्षमा पुगेर जिल्ला न्यायधिश अर्यालले स्थलगत निरिक्षण गरेका हुन् ।

निरिक्षणका क्रममा उनले न्यायिक समितिमा दर्ता भएका उजुरीहरु र उजुरी माथी समितिले गरेको न्याय सम्पादन प्रकृया बारे संयोजक आलमसंग जानकारी लिए । जिल्ला न्यायधिश अर्यालले समितिमा पर्ने उजुरीहरुको न्याय सम्पादन गर्दा ध्यान दिनु पर्ने कुराहरु बारे सुझाव पनि दिए ।

त्यस अवसरमा पर्सा जिल्ला अदालतका शाखा अधिकृत सुर्य बहादुर राणा ,नायब सुब्बा दिपक पौडेल, वीरगन्नज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर , न्यायिक समिति सचीवालय उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापा लगयतको पनि उपस्थिति रहेको उपमेयरका प्रेस सल्लाहकार महम्मद सदाबले जानकारी दिए ।

Related posts

बारामा ठूलो परिमाणमा ब्राउनसुगर सहित अन्सारी पक्राउ

MadhesKhabar

वाइ वाइ चाउचाउकाे मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहकलाई झुक्याइएको आरोप

MadhesKhabar

दुर्गा प्रसाईँले आँफै भारतीय प्रहरीसामु आत्मसमर्पण गरेको सचिवालयको भनाइ

MadhesKhabar

Leave a Comment