Madhes Khabar
समाचार

लागूऔषध तस्करीमा किशोरको प्रयोग बढ्दो


मधेशखबर
असाढ ६ ,२०७९ वीरगंज
लागू औषध तस्करीमा बालक र युवाको संलग्नता डर लाग्दो देखिएको छ । चालु आर्थिक वर्षमा पर्सामा लागूऔषध तस्करी÷ढुवानीमा संलग्न भई पक्राउ परेकामध्ये १६ देखि ३५ उमेर समूहका बढी छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा लागूऔषध ढुवानी गरिरहेको अवस्थामा पक्राउ परेका २ सय १७ जनामध्ये १६ वर्षमुनिका ४ जना छन् ।
त्यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका १ सय १४ जना छन् । २६ देखि ३५ वर्ष उमेर समूहका ५५ जना छन् । ३६ देखि ४५ वर्ष उमेर समूहका २६ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १६ जना र ६० वर्षमाथिका २ जना छन् ।
गत आर्थिक वर्षमा यो अपराधमा संलग्न कुल १ सय ८१ जना पक्राउ परेकामा १६ वर्ष मुनिका २ जना थिए । १६ देखि २५ वर्ष उमेर समूहका ८८ जना थिए । २६ देखि ३५ वर्ष उमेर समूहका ५६ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका २३ जना, ४६ देखि ६० वर्ष उमेर समूहका ११ जना र ६० वर्षमाथिका ३ जना थिए । चालु आवमा प्रहरीले दर्ता गराएको विभिन्न अपराधका गरी कुल १ हजार २७ मुद्दामध्ये १५ दशमलव ७७ प्रतिशत अर्थात् १ सय ६२ मुद्दा लागूऔषधकै छन् । गत आवमा कुल १ हजार १ सय ७३ मुद्दामध्ये ११ दशमलव ४२ प्रतिशत अर्थात् १ सय ३४ मुद्दा लागू औषधकै थिए ।
चालु आवको हालसम्ममा पर्साका विभिन्न स्थानबाट प्रहरीले ६ सय ४१ किलो गाँजा, २३ किलो चरेस, ४६ ग्राम हेरोइन, ९ दशमलव ५८० किलो अफिम, ४ हजार ७ सय १२ गोटा फेनारगन, ३ हजार ५ सय ६० गोटा डाइजिल्याब, ३ हजार ५ सय ७८ गोटा नुर्फिन, १२ हजार २ सय ९५ गोटा नाइट्राभ्याट र १ हजार ८३ बोतल कोरेक्स बरामद गरेको छ ।
गत आर्थिक वर्षभरिमा प्रहरीले ७ सय ८६ किलो गाँजा, १ सय ५३ किलो चरेस, ६९ ग्राम हेरोइन, ८ किलो अफिम, ६ हजार ४ सय ४४ गोटा फेनारगन, ७ हजार २ सय ५३ गोटा डाइजिल्याब, ७ हजार २ सय ३२ गोटा नुर्फिन, ८ हजार ८ सय ४१ गोटा नाइट्राभ्याट र २ हजार ४९ बोतल कोरेक्स बरामद गरेको थियो । लागूऔषध ढुवानी तथा तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाका मुलुककै मुख्य मानिन्छ । मुलुकको सर्वाधिक आयात–निर्यात हुने नाका लागू औषध ढुवानीको परम्परागत ट्रान्जिटका रूपमा बदनाम छ ।
भारतमा प्रतिबन्धित नभएका तर नेपालमा प्रतिबन्धित नुरफिन, फेनारगन, डाइजेपामजस्ता औषधि बोकेर आउने प्रायःजसो वीरगन्ज तथा छेउछाउका नाकाबाट पक्राउ परिरहेका छन् । सुरक्षाकर्मीको आँखा छलेर लागूऔषध ढुवानी गर्नेको संख्या पक्राउ परेका भन्दा बढी छ । प्रतिबन्धित यी औषधि नेपालमा नियन्त्रित लागूऔषध भनिन्छ । यस्ता औषधिको ढुवानीकर्ताहरू प्रायः केही अवधिको जेल सजाय काट्छन् तैपनि निरुत्साहित हुँदैनन् । कारोबारीहरूले यो नाकाबाट भित्र्याउने लागूऔषध विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पनि पु¥याउँछन् ।
भारतसँगको खुला सीमाको कारण दैनिक वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुर्व्यसनी धेरै छन् । यसरी भारतमै लागूऔषध सेवन गरेर फर्कनेहरूले पनि थोरबहुत लागूऔषध बोकेर ल्याउँछन् । कतिपयले यसरी ल्याउने लागूऔषध बिक्री समेत गर्छन् ।
पक्राउ पर्ने अधिकांशमा पर्साभन्दा बाहिरी जिल्लाका छन् । नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधि सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलमा खुलेआम बिक्री हुन्छन् । लागूऔषध ढुवानी गर्नेमा पुरुष मात्र नभई महिला पनि छन् । वीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेका मात्र छन् । सामाजिक अभियन्ता प्रकाश थारू बालक र युवाको लागूऔषध सेवन तथा तस्करीमा बढ्दो संलग्नता चिन्ताको बिषय भएको बताउँछन् ।

 

 

साभार : कान्तिपुर

Related posts

पर्साको सुर्जाहामा परालको थुप्रोभित्र लुकाएर राखिएको लागू औषध गाँजा बरामद

MadhesKhabar

खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा वीरगन्जका मेयर सिंह नियुक्त

MadhesKhabar

वीरगन्ज आउँदै गरेकाे टाटासुमाे बारामा दुर्घटना हुदाँ १ जनाकाे मृत्यु,८ जना घाइते

MadhesKhabar

Leave a Comment