Madhes Khabar
समाचार

वीरगन्ज आउँदै गरेकाे टाटासुमाे बारामा दुर्घटना हुदाँ १ जनाकाे मृत्यु,८ जना घाइते

सांकेतिक तस्बिर ।

बारा,१९कार्तिक:बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० मा साेमबार बिहान टाटा सुमाे दुर्घटना हुदाँ एक बालककाे मृत्यु भएको छ।अरु ८ जना घाइते भएका छन्।

काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको ना.१ ज ४४२८ नम्बरको टाटा सुमो अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सुमोमा सवार भारत बिहारकाे मोतिहारी थाना सुगौली रक्सौल बस्ने नविन कुमार साहका छोरा ४ वर्षीय अनमोल कुमार साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ८ जनाको बयाेधा मेडिसिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।टाटा सुमोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related posts

वीरगन्जबाट तस्करीकाे २८ लाखकाे सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

जंगलमा लागेकाे डढेलाे निभाउन जाँदा घाइते भएका ३ सेनाकाे मृत्युु

MadhesKhabar

निर्वाचनको दिन मतदाता ओसारपसार गर्ने सवारी साधनमा रोक

MadhesKhabar

Leave a Comment