Madhes Khabar
समाचार

जंगलमा लागेकाे डढेलाे निभाउन जाँदा घाइते भएका ३ सेनाकाे मृत्युु

डाेल्पा,२७चैत:डोल्पाको ठुलिभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा लागेकाे डढेलाे निभाउने क्रममा जलेर घाइते भएका मध्ये तीन जना नेपाली सेनाकाे उपचारका क्रममा मृत्युु भएकाे ।

सोमबार उपचारका क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएकोमा मंगलबार उपचाकै क्रममा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाकाेपनि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्रजिअ दाहालले बताए।अर्का घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ।

जंगलमा निभाइसकेको आगो सोमबार पुनः सुरु भएपछि उनीहरू निभाउन जाँदा जलेर घाइते बनेका थिए।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा वीरगन्जका राम सर्राफ पनि सम्मानित हुने

MadhesKhabar

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

MadhesKhabar

वीरगन्जका बरिष्ठ पत्रकार पाण्डेको निधन

MadhesKhabar

Leave a Comment