वीरगन्ज,३०जेष्ठ :सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा भन्सार छलेर (तस्करी गरेर)ल्याइएका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१९ इनर्वास्थित एक घरमा भारतबाट तस्करी गरेर ल्याई भण्डारण गरी राखेको १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १४ हजार ५ सय ९२ थान ल्याक्मे कम्लेक्सन क्रिम र ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ थान ल्याक्मे मोइस्चराइजर क्रिम गरी १६ वटा पोकामा गरी २२ लाख ६५हजार ६ सय रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।
त्यसैगरी त्यहि घरमानै भारतबाट भन्सार छली अवैध रुपमा गोदाम गरी राखेको १ सय २० बोरामा रहेको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए । कूल २८ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरका ती मालसामान बुधबार आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिहले जानकारी दिए।