Madhes Khabar
समाचार

पर्साको सुर्जाहामा परालको थुप्रोभित्र लुकाएर राखिएको लागू औषध गाँजा बरामद

वीरगन्ज,१६साउनः पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहामा परालभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ ।

परालको थुप्रोभित्र लकुाएर राखिएको ४० केजी गाँजा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार, शुक्रबार दिउँसो परालधनीले पराल निकाल्ने क्रममा परालको थुप्रोभित्र गाँजाको तीन वटा पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए।त्यसपछि ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले परालको थुप्रोबाट तीन वटा पोकामा रहेको ४० केजी गाँजा बरामद गगरेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

मिश्रका अनुसार परालको थुप्रोबाट बेवारिसे अवस्थामा बरामद गाँजा कसले र किन राखेको भन्ने खुलेको छैन ।यसबारे अनुसन्धान भइरहेको मिश्रले बताए । बरामद गाँजा ईलाका प्रहरी कार्याललउ पोखरियाले परीक्षण गरेर नष्ट गर्ने प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

 

Related posts

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित

MadhesKhabar

पर्साको भतौडाबाट एक ट्याक्टर सालको काठ बरामद

MadhesKhabar

तरकारीको बोराभित्र लागू औषधको तस्करी गर्ने भारतीय वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment