
महोत्तरी,५वैशाखः महोत्तरीमा शनिबार साँझ यात्रुवाहक टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
जलेश्वर नगरपालिका ९ परिकौली ब्यारेक नजिक जलेश्वरबाट जनकपुरतर्फ जादै गरेको टेम्पुमाथि हावाहुरीले सपेताको रुख ढल्दा पाँच जना घाइते भएकोमा उपचारका क्रममा तीमध्ये दुई जनाको प्रादेशीक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा १ महिला र १ पुरुष रहेपनि उनिहरुको सनाखत भएको छैन ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका टेम्पुका चालकलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ भने दुई जनाको प्रदेशीक अस्पताल जलेश्वरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।उक्त दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

