Madhes Khabar
समाचार

४० लाख बढी मूल्यको कपडासहितका दुई वटा गाडी पर्सा प्रहरीको नियन्त्रणमा

वीरगन्ज,१३बैशाखःप्रहरीले वीरगन्जबाट तस्करीको आशंकामा ४० लाखभन्दा बढी मूल्यको कपडासहित एउटा ट्रयाक्टर र पिकअप गाडी नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

वीरगन्ज भन्सारको एकीकृत जाँच चौकी (आईसिपी) बाट भन्सार जाँचपास भएर निस्किएका बीआर ०५जिए ९०४२ नम्बरको पिकअप गाडी र बीआर २२ क्यू ७७२७ नम्बरको ट्रयाक्टर प्रहरीले वीरगन्ज–२५ अलौंमा रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा ती दुवै गाडीमा लोड रहेको कपडा भन्सार प्रज्ञापनपज्ञ र बीलबिजक भन्दा बढी परिमाणको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

ती दुवै गाडीबाट गरी ४० लाख ३६ हजार २०१ रुपैयाँ मूल्यका विभिन्न किसिमका कपडा बरामद गरिएको उनले जानकारी दिए ।
बरामद कपडासहित दुवै गाडी आवश्यक कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले जानकारी दिए ।

 

Related posts

बारामा २० केजी चरेस सहित तीन जना पक्राउ

MadhesKhabar

सन्दीप लामिछानेको मुद्दामा आजपनि फैसला भएन

MadhesKhabar

वीरगन्जको रेडियोमा काम गरेकी सञ्चारकर्मी निरु श्रेष्ठको अल्पायुमै निधन

MadhesKhabar

Leave a Comment