बारा,३मंसिरः बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।बरैनियास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट १० लाख ८० हजार रुपैयाँसहित एक व्याक्तिलाई पक्राउ गरेको हो ।पक्राउ परेका व्याक्तिको नाम सशस्त्र प्रहरीले खुलाएको छैन ।
सशस्त्र प्रहरी निरीक्षक सन्दिप केसीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको लु ४ प ६४६२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त मोटरसाइकलको भित्र लुकाई राखेको श्रोत नखुलेको नेपाली १० लाख ८० हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
रकम र मोटरसाइकलसहित ती व्याक्तिलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा वुझाईएको बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।

