Madhes Khabar
समाचार

काठमाडौंबाट भैरहवा उडेको जहाज जनकपुरमा आकस्मिक अवतरण

काठमाडौं,२५बैशाख:साेमबार बेलुकी काठमाडौंबाट यात्रुहरुलाई लिएर  भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार बेलुकीको हुरीले उडान प्रभावित भएको बताइएको छ।

उक्त जहाज क्याप्टेन लबिस चन्दले उडाएका थिए।उक्त जहाजमा यात्रा गरेकी कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्- ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाइ नयाँ जीवन त दिनुभयो नि ।’

जिल्ला प्रहरी कार्यालय धनुषाले जहाज आकस्मिक अवतरण भएको जानकारी आएपनि थप विवरण प्राप्त नभएको बतायो । सोमबार साँझ राजधानी सहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो।

खराब मौसमको कारण कतिपय आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका थिए।साभार:राताेपाटीबाट

Related posts

भ्रम र अफवाहबाट बच्न एमाले नेता यादवको आग्रह, बेल्वामा कार्यकर्ता भेला

MadhesKhabar

बहुविवाह सम्बन्धीको विधेयक प्रतिनिधिसभामा पेस हुँदैन : कानुनमन्त्री चाैरसिया

MadhesKhabar

पर्साको १४ मध्ये १३ पालिकाको उपप्रमुखमा पनि नयाँ अनुहार

MadhesKhabar

Leave a Comment