Madhes Khabar
समाचार

अदालतले सफाई दिएसंगै जेलबाट छुटे अफताब आलम

तस्बिर :नेपालप्रेस

काठमाडौं,१४जेठ:नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् ।

उच्च अदालत जनकपुरकाे अस्थायी इजलास वीरगन्जले आलमलाई बुधबार सफाइ दिएको र अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै बुङबेलुकी उनलाई काठमाडौंकाे नख्खु कारागारबाट रिहा गरिएको हो ।

आलमलाई राैतहट जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरकाे अस्थायी इजलास वीरगन्जले बुधबार आलमलाई सफाइ दिएको थियाे ।

पहिलाे संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

Related posts

वीरगन्ज भन्सार क्षेत्रबाट गाँजासहित भारतीय बृद्ध पक्राउ

MadhesKhabar

ठाकुरराम क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्छु : खानेपानी मन्त्री यादव

MadhesKhabar

बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

MadhesKhabar

Leave a Comment