Madhes Khabar
समाचार

बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

वीरगन्ज,१४मंसिरः बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ की २० वर्षीया ज्योतिकुमारी गुप्ता रहेकी छन् ।

आइतबार बिहान जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सिमराबाट जीतपुरतर्फ आउँदै गरेको ना३त १०९८ नम्बरको ट्याक्टरले त्यहि दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–०३२प९५९० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलकी चालक गुप्ता गम्भीर घाइते भएकी थिइन् ।

उनको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका छन् । ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई एउटा साइकलमा ठोकिन पुगेको थियो। दुर्घनामा मोटरसाइकलमा पछाडि सवार जीतपुरसिमरा–७ कै आस्था गुप्ता र साइकल चालक जीतपुरसिमरा २ का ४२ वर्षीय कृष्ण मगर घाइते भएका छन्।

 

 

Related posts

बाराकाे मटीअर्वा नाका हुँदै चिनी,प्याज,केराउ र काजुकाे व्यापक तस्करी

MadhesKhabar

पर्साको पदमौल गम्हरियामा प्रहरीको छापा :१५ केजी गाँजासहित रफिक पक्राउ

MadhesKhabar

वीरगन्जमा डेढ कराेड भन्दा बढीको सामानसहितका ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment