Madhes Khabar
समाचार

आदर्शनगरमा सर्राफको घरमा चोरी गर्न ताल्चा फुटाउँदै गरेका खान पक्राउ

वीरगन्ज,२०चैतः वीरगन्जको आदर्शनगर क्षेत्रमा रहेको एक घरमा चोरी गर्ने उदेश्यले ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी स्थायी घरभई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ३० बर्षिय प्रवेज खान रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुुरराम बहुमुखी क्याम्पस पछाडि रहेको श्रवण सर्राफको घरमा आइतबार राति १२.३० बजेको समयमा खानले रड लगायतका फलामे औजारले ढोकाको ताल्चा फुटाँउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय वीर्ताको टोलीले नियन्त्रणमा लिएको प्रहरी निरक्षिक पुष्कर बोगटीले जानकारी दिए ।

Related posts

पर्सा र सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

MadhesKhabar

प्रदेश सभा सदस्य कुर्मीद्वारा विवाह भवनको उदघाटन

MadhesKhabar

गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद

MadhesKhabar

Leave a Comment