Madhes Khabar
समाचार

जनताको आवश्यकता पूरा गर्ने सरकारको संकल्प साकार हुदैछ : मन्त्री यादव

सुर्खेत,६जेठ :खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य र संकल्प साकार हुँदै गएको दाबी गरेका छन्। मंगलबार सुर्खेतमा सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको बताए ।

उनले भने,“यो आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच हुने छ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ ।”

उनले खानेपानीको समस्याका कारण आजित भएका नागरिकलाई सुरक्षित खानेपानी वितरण सहित उनीहरुका समस्या समाधान हुँदै गएको बताए । उनले भने, “नागरिकका समस्या समाधान गर्न सरकारले खानेपानीका आयोजनालाई प्राथमिकता दिई काम सम्पन्न गर्दै आएको छ ।खानेपानीमा देखिएका समस्या समाधान गर्न म सहितको हाम्रो टोली हिमाल, पहाड, तराइँका जिल्लाका विकट एवं ग्रामिण बस्तिहरुमा धाइरहेको छु ।”

जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानीजस्तो सेवा जनताको पहुँचमा पु¥याउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारे ।

सालकोट बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठ,प्रमुख जिज्ला अधिकारी जगदिश्वर उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

 

Related posts

बाराका कांग्रेस नेता तथा संविधानसभा सदस्य यादवकाे निधन

MadhesKhabar

पर्सागढीबाट बन्दुक सहित एक जना पक्राउ

MadhesKhabar

सिरिसिया गाँउमा सञ्चालित अवैध हतियार फैक्ट्रीमा छापा,भारी मात्रामा पेस्तोल–गोली बरामद

MadhesKhabar

Leave a Comment