वीरगन्ज,२० साउनःराष्ट्रिय एकता अभियानको पर्सा जिल्ला सम्मेलन वीरगन्जमा मंगलबार सम्पन्न भएको छ । वीरगन्जको राणीसती अतिथी सदनमा संघीयता, गणतन्त्र र हिन्दु राष्ट्र स्थापना भन्ने नाराका साथ अभियानको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
अभियानका पर्सा जिल्ला संयोजक विकाऊ प्रसाद भण्डारी थारुको अध्यक्षता तथा अभियानका केन्द्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला सम्मेलनमा बोल्ने वक्ताहरुले हिन्दु राष्ट्र नेपालको आवश्यकता र राष्ट्रिय अस्मिता जोगाउन अभियानले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा अझ सशक्त रुपमा संगठन निर्माणमा जोड दिनुपर्ने सुझाव दिए।
सम्मेलनमा अभियानका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य भूपेन्द्र चौधरी,संरक्षक सेवक सौरभनाथजी महाराज, केन्द्रीय सदस्य तथा दलित विभाग प्रमुख जीतेन्द्र दास,केन्द्रिय सदस्य मनिष पुर्वे लगायतकाको सहभागिता थियो ।

