Madhes Khabar
समाचार

स्पेन भ्रमण सकाएर खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

काठमाडौँ, २० असार : खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार स्वदेश फिर्ता भएका छन्। संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रमा सहभागी हुन असार १५ गते त्यसतर्फ प्रस्थान गरेका यादव शुक्रबार स्वदेश फिर्ता भएको उनका निजी सचिव भक्तराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार उक्त सम्मेलनमा भाग लिनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य समेत स्पेन गएका थिए ।

उक्त कार्यक्रममा नेपालको राष्ट्रिय प्रतिबद्धता—सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने—बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको खानेपानी मन्त्रालयले जनाएको छ ।सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी रहेको थियो ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री यादव तथा सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यलाई मन्त्रालयका निमित्त सचिव एवं सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

Related posts

श्रोत नखुलेको ८३ लाख रकम सहित दुई जना पक्राउ

MadhesKhabar

काठमाडौंमा अधिवक्ता त्रिपाठीलाई कुट्ने एक जना पक्राउ,अन्य व्याक्तिहरुकाे प्रहरीले खाेजी गर्दै

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment