Madhes Khabar
समाचार

पर्सामा ठूलो परिमाणमा लागु औषध सहित १७ वर्षिय किशोर पक्राउ

मधेसखबर
वीरगन्ज,०२ साउन : पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक किशोरलाइ पक्राउ गरेको छ ।

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठाबाट ससशस्त्र प्रहरीले पर्साकै पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ३ का मन्जित महारालाइ लागु औषध सहित पक्राउ गरेको हो ।

भारतबाट बा ५२ प ६१४६ नम्बरको मोटरसाइकलमा आइरहेका महरालाइ सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट ४५१ पिस लागु औषध बरामद गरेको हो । महराको साथबाट नाइट्रोभेट ३ सय पिस , डाइजेपाम ५१ पिस , नोरफिन ५१ पिस र फेनरागन ४९ पिस बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

लागु औषध सहित पक्राउ परेका महरालाइ आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको पोखरेलले जानकारी दिए ।

Related posts

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन आयोगमा २९ जनाको निवेदन

MadhesKhabar

भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ, रेडलेबल,लिपिस्टिक,गाजल बरामद

MadhesKhabar

अमलेखगञ्जको जंगलबाट गाँजासहित मोटरसाइकल बरामद, तस्करहरु फरार

MadhesKhabar

Leave a Comment