Madhes Khabar
समाचार

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन आयोगमा २९ जनाको निवेदन


मधेसखबर
असोज १७ , वीरगञ्ज– विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिनको लागि निवेदन दर्ता गराएका छन्।

निवेदन प्राप्त भएपछि निर्वाचन आयोगले सम्बन्धित दलहरूलाई पनि यसको जानकारी गराएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरूले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन्।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका जानकारी दिए।

उनीहरूले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको उनले जानकारी दिए।

यसरी निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन्।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस ४, जनता समाजवादी पार्टी ३ जना, नेकपा माओवादी केन्द्रबाट १ , नेकपा एकीकृत समाजवादीको तर्फबाट एक जना गरी ९ जनाले फिर्ता लिएका छन्।

यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २ बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १÷१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको उनले बताए।

आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार १२ बजेसम्मको समय तोकेको थियो। नाम फिर्ताबारे आयोगले राजनीतिक दलहरूलाई जानकारी गराएपछि दलहरूले फिर्ता लिएको स्थानमा अन्य नाम चयन गरेर पठाउनुपर्नेछ। रिक्त हुन आएको स्थानमा सोही क्लस्टरको अर्को उम्मेदवार मनोनयन गर्नुपर्नेछ।

२० देखि २२ गतेभित्र दलहरुले उक्त नामहरु पठाएपछि २२ गते नै आयोगले बन्दसूची सार्वजनिक गर्नेछ।

समानुपातिकको बन्दसूची सार्वजनिक भइसकेपछि दावी विरोधको समय सुरु हुनेछ भने प्रत्यक्षतर्फ असोज २३ गते उमेदवार मनोनयनको कार्यतालिका छ।

संघ र प्रदेशको प्रत्यक्ष तर्फको उम्मेद्वार मनोनयन गर्न अब मात्र ७ दिन मात्रै बाँकी छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका १६५ र प्रदेश सभा तर्फ ३३० सिटका लागि दलहरुले उम्मेद्वार मनोनयन गर्नु पर्नेमा अहिलेसम्म कुनै पनि दलले उम्मेदवार चयन गर्न सकेका छैनन्। साभार: देशसंचार

Related posts

दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत

MadhesKhabar

वीरगञ्जबाट ठुलो परिमाणमा गाँजा बरामद

MadhesKhabar

वीरगन्जमा लागूऔषधसहित बाराका दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment