Madhes Khabar
समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि बन्द हुने

फाइल तस्बिर ।

चितवन,८असोजः चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज (बिहीबार) रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा तथा बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) बिहान ५ बजेसम्म सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यकबाहेक यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरो तथा बाढीका कारण पटक–पटक यातायात प्रभावित हुँदै आएको छ । पछिल्लो समय लगातार वर्षा भइरहेकाले सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेको प्रशासनले जनाएको छ । रातिको समयमा यात्रा गर्दा जोखिम थप बढ्न सक्ने भएकाले सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

 

Related posts

प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य महतोलाई दिए बधाई र शुभकामना

MadhesKhabar

वीरगन्जबाट फेसबुकमा स्टाटस लेख्दै महावीर पुनले भने : भ्रष्टचार रोक्न सकेन भने रास्वपापनि बिलाएर जान्छ

MadhesKhabar

चरेस र गाँजा लिएर भारत जाँदै गरेका नेपाली महिला र भारतीय पुरुष वीरगन्ज नाकाबाट पक्राउ

MadhesKhabar

Leave a Comment