Madhes Khabar
समाचार

चरेस र गाँजा लिएर भारत जाँदै गरेका नेपाली महिला र भारतीय पुरुष वीरगन्ज नाकाबाट पक्राउ

वीरगन्ज,८फागुनःवीरगन्जमा लागू औषध गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली महिला र एक भारतीय पुरुष रहेका छन् ।

वीरगन्ज–१६ शंकराचार्य प्रवेशद्वारमा प्रहरीले चेकजाँच गर्ने क्रममा बाराको प्रसौनी गाँउपालिका वडा नम्बर २ बुनियाद स्थायी घर भइ हाल वीरगन्ज–१६ बसपार्कमा डेरा लिएर बस्दै आएकी ३० बर्षीया आरती यादव चरेस सहित पक्राउ परेकी हुन् । उनलाई ११ किलो ४०० ग्राम चरेससहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिए ।

यस्तै शंकराचार्य गेटमै चेकजाँचका लागि प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको पश्चिम बंगाल राज्यको नदिया थाना घर भएका २८ बर्षिय राज अधिकारीलाई चरेस र गाँजासहित पक्राउ गरेको हो । उनको सााथबाट गाँजा ६ किलो ३०० ग्राम र चरेस २ किलो १०० ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

चरेस र गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिहरुविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

Related posts

खानेपानी मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

MadhesKhabar

शनिबारपनि मन्त्री यादव फिल्डमा : झापामा निर्माणाधीन खानेपानी परियाेजनाहरुकाे स्थलगत अनुगमन

MadhesKhabar

बाराको टाँँगीयाबस्तीका तामाङ आफनै घरबाट लागू औषधसहित पक्राउ

MadhesKhabar

Leave a Comment