Madhes Khabar
समाचार

पर्सामा लागू औषध गाँजा र चरेससहितको मोटरसाइकल बरामद, तस्कर फरार

प्रमोद यादव
पर्सा,१८कार्तिकःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ बाट लागू औषध गाँजा र चरेससहित एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट शनिबार बेलुकी खटिएको प्रहरी टोलीले वडा नम्बर ४ स्थित भलुवाही खोलाको बाँध नजिक चेकजाँच गर्ने क्रममा गाँजा ५ केजी र चरेस १ केजी सहित बीआर २२ बीए ९१५८ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

प्रहरी निरीक्षक मोहनजंग बुढा थापाका अनुसार, प्रहरीले बाँध नजिक चेकजाँचका क्रममा सुगौलीबाट निचुटा तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई रोकेपछि त्यसका चालक भने मोटरसाइकल र झोला छाडेर भागेका थिए । त्यसपछि उक्त मोटरसाइकलमा रहेको झोला खोलेर हेर्दा त्यसभित्र गाँजा ५ केजी र चरेस १ केजी बरामद भएको थापाले बताए ।

लागू औषधसहित बरामद मोटरसाइकल प्रहरी कार्यालयमा ल्याएर राखिएको र मोटरसाइकलका चालकको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Related posts

वीरगन्जमा चापाकल जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

MadhesKhabar

कारमा गाँजा ओसार्ने जितपुरका अन्सारी हेटौंडामा पक्राउ

MadhesKhabar

वीरगञ्ज भन्सारद्वारा सात महिनामै १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८८ प्रतिशत मात्र प्राप्त

MadhesKhabar

Leave a Comment