Madhes Khabar
समाचार

बारामा तस्करीको आशंकामा प्रहरीद्वारा करिब दुई करोड मुल्यको सूर्ती बरामद

बारा,५चैतः बाराबाट प्रहरीले तस्करीको आशंकामा झण्डै दुई करोड रुपैयाँ मुल्यको सूर्तीसहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको दुईवटा ट्रकबाट प्रहरीले तस्करीको आशंकामा १ करोड ९७ लाख ३६ हजार ३ सय ७६ रुपैयाँ मुल्य बराबरको सूती बरामद गरेको हो ।प्रहरीले उक्त सुर्ती लोड गरिएको दुवै ट्रकपनि नियन्त्रणमा लिएको छ ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार , आइतबार वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेका ना ६ ख ७६७ र ना ८ ख ९४ नम्बरको ट्रक प्रहरी चौकी पथलैयाबाट खटिएकोे प्रहरी टोलीले पथलैयामा रोकेर चेकजाँच गरेकोे थियो ।

त्यसक्रममा ना ६ ख ७६७ नम्बरको ट्रकबाट १ करोड ३३ लाख ९९ हजार ८४८ रुपैयाँ मुल्यको ३ सय ५६ बोरा र ना ८ ख ९४ नम्बरको ट्रकबाट ६३ लाख ३६ हजार ५२८ रुपैयाँ मुल्यको ३२० बोरा सुर्ती बरामद भएको न्यौपानले जानकारी दिए । ट्रकमा लोड रहेको सुर्तीको बिलबिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।

सुर्तीसहित नियन्त्रणमा लिइएका दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिए ।

 

Related posts

वीरगन्ज महानगरको न्यायिक समितिमा न्यायधिश अर्यालले गरे निरिक्षण

MadhesKhabar

रौतहटमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

MadhesKhabar

वरिष्ठ सई राणा बाराकाे उत्कृष्ट प्रहरी घाेषित

MadhesKhabar

Leave a Comment