Madhes Khabar
समाचार

सिआईबीको असई भन्दै लाखौं ठग्ने महिला रौतहटमा पक्राउ

रौतहट,२५माघ :रौतहटमा प्रहरीले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआईबी) को असई (प्रहरी सहायक निरीक्षक) हुँ भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर १० सलेमपुर टोल बस्ने निर्मला महतो रहेको र उनलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।

पक्राउ परेकी महतोले आफ्नो नाम कतै नेहा, कतै निशा तथा कतै पुनम कुमारी बताउँदै आफु केन्द्रिय अनुसन्धान विभाग (सिआईबी) को असई हुँ भन्दै ठग्दै आइरहेकी थिइन्। उनिविरुद्ध रौतहटको चन्द्रपुर नगरपालिकाका सन्तोष बहादुर विश्वकर्मा,गुजराका बिजय साह बनिया, चन्द्रपुरकै प्रविण साह र सर्लाहीका राजेस्वर साहले उजुरी दिएका थिए ।

महतोलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसूरमा पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिईन् ।

 

Related posts

झण्डै ३ करोड राजस्व हिनामिना गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

पर्सा जिल्ला अदालतमा न्यायकी देवीको मुर्ति अनावरण गरेर मनाइयो कानुन दिवस

MadhesKhabar

दिल्लीमा रहेकी आरजुले म्याक्स हस्पिटलमा गराइन् थाइराइडको शल्यक्रिया

MadhesKhabar

Leave a Comment